२३ श्रावण २०८३, शनिबार १३:१४
काठमाडौं, साउन २३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ।
मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नहुने, बैठकको सुरुमा उपस्थित भएर बीचमै बाहिरिने क्रम बढ्दै गएको भन्दै त्यसको विश्लेषण गर्न लागिएको हो।
यसका लागि गत असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गतेका प्रतिनिधिसभा बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाइ सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी रास्वपाका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको सूचनामा उल्लेख छ।





