२५ माघ २०७९, बुधबार ०९:०७
काठमाडौं ,माघ २५
आज (बुधबार) राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान निर्धारण गरेको छ।
उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सत्तारूढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार हुनुहुन्छ । एमालेका उम्मेदवर दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ।





