२६ माघ २०७९, बिहीबार ०८:३९
काठमाडाैं ,माघ २६
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी माघ २६ गते आज बिहीबार दिउँसो १ बजे बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको बताएको हो ।





