२६ माघ २०७९, बिहीबार २१:४३
काठमाडाैं ,माघ २६
बढुवाका लागि सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा चारजनाको नाम सिफारिस भएको छ ।
सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीका बढुवा समितिका सदस्य–सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।





