२८ माघ २०७९, शनिबार ०८:११
काठमाडौं ,माघ २८
आज देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भू–भागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा नै रहने छ। तर प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र आंशिक बदली रही हल्का हिमपातको सम्भावना छ।





