१ फाल्गुन २०७९, सोमबार ०८:११
काठमाडौं ,फागुन १
आज सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
आज बिहान १० बजेदेखि १ ३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
सूचना जारी गरी राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।






