१ फाल्गुन २०७९, सोमबार १९:३४
चितवन , फागुन १
सहरी विकासमन्त्री विक्रम पाण्डेले जनतासँग झुटको खेती र भ्रष्टाचार गर्न आफू मन्त्री नभएको बताउनुभएको छ । हिजो भरतपुर महानगरपालिका १७ स्थित प्राकृतिक आमा समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले आफ्नो कार्यकालमा कुनै अनियमितताका काम नहुने बताउनुभयो ।
मन्त्री पाण्डेले आफूलाई चाहाना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताउनुभयो ।





