२ फाल्गुन २०७९, मंगलवार ०८:२०
काठमाडौं ,फागुन २
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुने भएको छ।
आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गनुहुने छ ।
लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ।
महाधिवेशनको मुख्य उद्देश्य नै नेतृत्व चयन गर्ने हो। जसले १९९ सदस्सीय केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ। आयोगमा १५ जना सदस्य हुने जनाइएको छ ।





