४ फाल्गुन २०७९, बिहीबार ०८:३३
काठमाडौं ,फागुन ४
आज (बिहीबार) देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।





