४ फाल्गुन २०७९, बिहीबार ०९:२४
काठमाडौं ,फागुन ४
आज बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल भारत जाँदै हुनुहुन्छ ।
भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नु भएको हो ।





