५ फाल्गुन २०७९, शुक्रबार ०८:४५
काठमाडौं , फागुन ५
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।
२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजो राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी हुनुभएको हो ।
बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाउनुभयो । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाउनु भएको छ ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीबार राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५ सय १७ मत खसेको थियो ।
अनेरास्ववियूको १ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुनेछ । निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग भएको थियो ।
हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमिति भने घोषणा हुन बाँकी छ ।





