५ फाल्गुन २०७९, शुक्रबार १०:५५
काठमाडौं ,फागुन ५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ ।
आज शुक्रबार बिहान अध्यक्ष चित्रबहादुर केसीसहितका नेताले बालुवाटारमा पुगेर नागरिकका समस्या समाधानको पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको हो ।
महँगी बढेको, लघवित्त र सहकारीबाट नागरिक पीडित बनेको, अराजकता बढेको, विदेशी शक्तिको हस्तक्षेप बढेको लगायतका विषयमा जनमोर्चाले ज्ञापनपत्र बुझाएको हो ।





