चितवन, फागुन ६
समयमै काम सम्पन्न गर्न सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । हिजो(शुक्रवार) भरतपुरमा भएको निर्माण व्यवसायी संघ चितवनको २९औँ बार्षिक साधरण सभामा बोल्दै मन्त्री पाण्डेले सहरी विकास मन्त्रालय अन्तरगत भएका योजनाहरुको रकम नरोक्ने भन्दै व्यवसायीलाई समयमा काम सम्पन्न गर्न अनुरोध गर्नुभएको हो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन निर्माण मैत्री बनाउन सरकारलाई माग गर्नुभएको छ । उहाँले सरकारले एकतर्फि रुपमा ऐन संशोधन गरेर निर्माण व्यवसायीलाई बेइजत हुने काम गरेको बताउनुभयो । निर्माण व्यवसायी महासंघका सल्लाहाकार यक्षध्वज कार्कीले निर्माण व्यवसायीलाई मात्र कारबार्ही गर्ने काम भएको बताउनुभएको छ । उहाँले ठेक्का लगाउने कर्मचारीलाई कारबाही नहुँने भन्दै निर्माण कर्मचारीलाई मात्र कारबाही भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ३सय ४० वटा निर्माण कम्पनी कालो सूचिमा परेका छन् ।
महासंघका सल्लाहाकार निकोलस पाण्डेले निर्माण व्यवयायीले सरकारबाट भुक्तानी नपाएको बताउनुभएको छ । उहाँले सरकारसंग निर्माण गर्ने पैसा नभए काम नगराउन उचित हुने बताउनुभयो ।





