८ फाल्गुन २०७९, सोमबार ०८:१२
काठमाडौं , फागुन ८
आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ।
राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न आज दिउँसो ४ बजे माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो। फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ।
कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिनुभएको थियो ।





