९ फाल्गुन २०७९, मंगलवार २१:२४
काठमाडाैं ,फागुन ९
राजधानीमा फागुन ११ गतेदेखि हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आज मंगलबार एन्फा कम्प्लेक्स सातदाेबाटाेमा प्रतियोगिताको उपाधि ट्रफी सावर्जनिक गरेको हो । कार्यक्रममा प्रतियोगिताको चिनारी गीत पनि सार्वजनिक गरिएकाे छ ।
फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टाेलीले प्रतिष्पर्धा गर्ने छन् ।प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने युवा संघले जनाएकाे छ ।
प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुनेछ ।





