११ फाल्गुन २०७९, बिहीबार ०८:२३
काठमाडौं ,फागुन ११
आज बिहीबार देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको अनुमान गरिएको छ ।
बिहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको छ।





