ललितपुर ,फागुन ११
केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सुरुका ४ वटा नकआउट म्याच र त्यसपछिका विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ। फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ। नकआउट चरणको खेल हेर्न दर्शकलाई शुल्क नलाग्ने युवा संघका महासचिव एवं केपी ओली कपका संयोजक क्षीतिज थेवेले जानकारी दिनुभयो ।
उहाँका अनुसार १७ गते हुने फाइनलका लागि भने टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ।





