१२ फाल्गुन २०७९, शुक्रबार १६:२१
काठमाडौं ,फागुन १२
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्नुहुने भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पौडेललाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने बताउनुभयो । उहाँले आज साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताउनुभएको हो ।





