काठमाडौं ,फागुन १३
आज (शनिवार) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ।
यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रपतिका लागि फागुन २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। यसका लागि आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
संघीय संसद्का ३३२ र प्रदेश सभामा ५५० गरी ८८२ जनाले मतदान गर्नेछन्। संघीय सांसद र प्रदेश सभाका सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ। उनीहरूको मतभार पनि फरक–फरक हुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् । मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय परिसरमा हुनेछ । त्यहाँ २ वटा मतदान केन्द्र रहनेछ । राष्ट्रपति निर्वाचन भने फागुन २५ गते हुनेछ ।





