१४ फाल्गुन २०७९, आईतवार १०:३३
काठमाडौं ,फागुन १४
संघदेखि सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेशका मन्त्रीहरुले पनि राजिनामा दिनुभएको छ ।
राप्रपाका मन्त्रीहरुले शनिबार राति मुख्यमन्त्री शालिकराम जमकट्टेललाई भेटेर संयुक्त रूपमा राजीनामा बुझाउनुभएको हो ।
बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ननुभएको थियो ।





