१४ फाल्गुन २०७९, आईतवार १९:१७
काठमाडौं ,फागुन १४
बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
आइतबार सरकारी वकिल र पीडित पक्षका वकिलको बहस सकिए पनि सन्दीप पक्षको बहस नसकिएकाले सोमबार सुनुवाई हुने गरी हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले उक्त सुनुवाइलाई सोमबार निरन्तरता दिने छ । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल र मुरारी सापकोटाले बहस गर्नुभएको थियो । सन्दीपले लिग-२ अन्तगर्तको सिरिज खेल्न युएई जान पाऊँ भनी दिएको निवेदनमा अदालतले अन्तरिम आदेश दिएको थिएन।





