१७ फाल्गुन २०७९, बुधबार ०८:००
काठमाडौं ,फागुन १७
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल आज हुँदै छ। उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो।
नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छ। प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन्।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल दशरथ रंगशालामा हुँदैछ।





