२१ फाल्गुन २०७९, आईतवार ०७:२७
काठमाडौं ,फागुन २१
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ।
फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ। त्यहाँ उपनिर्वाचन गर्नुपर्छ। चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ।
उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन। आयोगले उपनिर्वाचन गर्नुपर्ने क्षेत्रका लागि निर्वाचन सामग्री किन्नु नपर्ने जनाएको छ। मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने आयोगको भनाइ छ। आयोगले राष्ट्रपति निर्वाचनका लागि मतपत्र छपाइसँगै सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ।
आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।





