२१ फाल्गुन २०७९, आईतवार ०९:०९
काठमाडौं ,फागुन २१
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिका अनुसार आज मतदाताको सूची प्रकाशन गरिँदैछ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज मतदाता सूची प्रकाशन गरिने भएको हो।
यसअघि चुनावमा भाग लिने विद्यार्थी संगठनहरुको दर्ता गर्ने काम भएको थियो। आज प्रकाशित हुने मतदाताको सूचीमा फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ।





