२२ फाल्गुन २०७९, सोमबार १९:०६
काठमाडौं ,फागुन २२
नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिएको हो ।
राष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी रहनुभएको थियो ।





