२३ फाल्गुन २०७९, मंगलवार ०८:५३
काठमाडौं ,फागुन २३
फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
यस पर्वको अवसरमा आज मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिइएको छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।





