२३ फाल्गुन २०७९, मंगलवार ११:४६
काठमाडौं ,फागुन २३
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।
बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट सुवास नेम्वाङ उम्मेदवार हुनुहन्छ ।





