२३ फाल्गुन २०७९, मंगलवार २१:४५
काठमाडौं ,फागुन २३
आज मंगलबार साताको तेस्रो दिन सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार १० रूपैयाँले घटेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





