२४ फाल्गुन २०७९, बुधबार ११:२०
काठमाडौं ,फागुन २४
आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





