२५ फाल्गुन २०७९, बिहीबार ०८:०१
काठमाडौं ,फागुन २५
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन आज बिहीबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बिहान बोलाइएको छ ।
आज बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।





