प्रदिप परियार
चितवन ,फागुन २७
आज (शनिवार) भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४० औ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाकी सचिव कुष्मा कुमारी पन्तले आ.व. ०७७/७८, ०७८ /०७९को प्रगति प्रतिवेदन तथा ०७९/८०को प्रस्तावित बार्षिक कार्यक्रम र संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले आ.व. ०७७/७८ र ०७८/०७९ को आर्थिक प्रगति प्रतिवेदन तथा ०७९/८० को अनुमानित बजेट र आ.व. ०७७/०७८ को यथार्थ आय तथा ०७८/०७९ को अनुमानित आय बजेट , आ.व. ०७७/०७८ को यथार्थ ब्यय तथा ०७८/०७९ को अनुमानित ब्यय बजेट ,आ.व. ०७८/०७९ को यथार्थ आय तथा ०७९/०८० को अनुमानित आय बजेट ,आ.व. ०७८/०७९ को यथार्थ ब्यय तथा ०७९/०८० को अनुमानित ब्यय बजेट प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै संस्थाका उपसभापति इश्वरी प्रसाद कौडालले संकटको बेलामा पनि सहयोग गर्ने सम्पूर्ण कर्मचारी चन्दादाता, शुभेच्छुकहरुलाई धन्यवाद व्यत्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधिसभाकी सदस्य अन्जनी श्रेष्ठले ४०औ साधारण सभाको शुभकामना दिदै,संस्थालाई आफ्नो सहयोग हुने बताउनुभएको छ ।
उहाँले क्षयरोगी बिरामीको सेवामा तल्लिन भइ क्षयरोगी र समुदाय बीचको सशक्तिकरण सेवा, बिरामीले औषधी खाए नखाएको निगरानी, उपाचार र सेवा नितामित संचालन गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो । साथै उहाँले चितवनको विकासका लागि सुझाब सल्लाह दिन समेत आग्रह गर्नुभएको छ।
संस्थाका सभापति दामोदर न्यौपानेले प्रमुख अतिथिबाट संस्थालाई सहयोग हुने अपेक्षा व्यत्त गदै संस्थामा पुर्व सभापतिहरु रहने गरि सल्लाहकार समिति पनि गठन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा विशेष अतिथि उत्तर कुमार मल्ल ,संस्थाका पुर्व सभापतिहरु ऋषिराज पाण्डे , भिम राज पाठक , संस्थाका पदाधिकारीहरु,सदस्यहरु,संस्थाका सभासद लगायतको उपस्थिति रहेको थियो ।










