१ चैत्र २०७९, बुधबार ०७:०६
काठमाडौं ,चैत्र १
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
बैठक आज विहान ११ बजे बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने छ ।





