काठमाडौं, चैत्र २
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।
बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो ।
डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल ग्लोबल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो।
अध्यारो भएका कारण खेल रोकिएपछि डकवर्थ लुइस प्रणालीमा अनुसार नेपाल ९ रनले जितेको हो।
टस जितेर पहिला ब्याटिङ् गर्दै युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गरिरहँदा अध्यारो भएको कारण डकवर्थ लुइस प्रणालीअनुसार नेपाल ९ रनले विजयी भएको हो।
खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो।
यो जितेसँगै नेपालले ३९ अंकसहित तेस्रो स्थानमा रहेको नामिबियालाई उछिन्दै जिम्बावेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ।
यो खेल हारेको युएईले विश्वकप लिग २ को स्थानपनि गुमाएको छ।
७ टोली सम्मेलित विश्वकप लिग २का शिर्ष ३ टोली विश्वकप छनोट खेल्न पाउनेछन् भने शिर्ष ५ टोली विश्वकप लिग २ को स्थान यथावत राख्नेछन्।





