३ चैत्र २०७९, शुक्रबार १९:२५
काठमाडौं, चैत्र ३
कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको मतदानमा यादव गठबन्धनबाटै उम्मेदवारी दिनुभएकी जनमत पार्टीकी ममता झा र प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित हुनुभएको हो । ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित हुनुभएको हो । शाक्यले १६ हजार ३२८ मतभार ल्याउनु भएको थियो भने झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको थियो ।





