४ चैत्र २०७९, शनिबार ०९:४६
चितवन, चैत्र ४
भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ । मन्दिरको भौतिक संरचना निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महायज्ञ यही चैत ८ गतेदेखि १६ गतेसम्म हुन लागेको हो ।
महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको संयोजक श्रीधर लामिछानेले जानकारी दिनुभयो ।
महायज्ञमा आचार्य पण्डित बुद्धिसागर भण्डारी ‘मृदुल’ को प्रमुख वाचन रहने छ । महायज्ञमा सहभागी भई सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।
कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिन्छ ।





