५ चैत्र २०७९, आईतवार २०:०२
काठमाडौं, चैत्र ५
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते सोमबार १ बजे बस्नेछ।





