८ चैत्र २०७९, बुधबार १५:१०
काठमाडौं, चैत्र ८
आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ।
चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
यसअघि आमनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको थियो ।
नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो।
यस्तै तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले बुधबारदेखि चैत १२ गतेसम्म दल दर्ताको समय दिएको छ।





