चितवन, चैत्र ११
भरतपुरमा नेपाल बैंक लिमिटेडले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भरतपुरको हाकिम चोकको स्याउली बजारमा नयाँ शाखा कार्यलयको औपचारीक रुपमा उद्घाटन गर्नुभएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका अनुसार चितवनको यो शाखासहित बैंकले देशभरमा दुई सय २८ शाखा, दुई सय ३ एटिएम र ५३ एक्सटेन्सन काउन्टर सहित ७ प्रादेशिक कार्यलय मार्फत सेवा दिइरहेको छ।
बैंकका अध्यक्ष ज्ञवालीले चितवन अर्थिक हिसाबले केन्द्र बन्दै गएको भन्दै थप शाखा विस्तार गरेको बताउनुभएको छ । विसं १९९४ मा स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समय अनुसार आफुलाई विस्तार र वित्तीय कारोबारलाई सहज बनाउ लगेको उहाँको भनाइ छ ।
यो शाखा संगै नेपाल बैंकको चितवनमा ७ वटा शाखा, ५ एटिएम र १ एक्सटेन्सन काउन्टर भएको शाखा प्रबन्धक नीना श्रेष्ठले बताउनुभयो ।





