काठमाडाैं, चैत्र ११
दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दावी गर्नुभएको छ ।
शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे दावी गर्नुभएको हो।
मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै याे समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिनुभयो ।





