१३ चैत्र २०७९, सोमबार ०८:२४
काठमाडौं, चैत्र १३
साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई रुसले पराजित गरेको छ ।
बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाललाई रुसले ३–० ले पराजित गरेकाे हाे । जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी भएका छन् । नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशको सामना गर्ने भएकाे छ । राउण्ड रोबिन लिगको आधारमा चलेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।





