भरतपुर, चैत्र १८
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा फागुन १७ गतेदेखि चैत्र १७ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९” को एक कार्यक्रमका बीच समापन गरिएको छ ।
कार्यक्रम हिजो समापन भएता पनि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै प्रदर्शनी भने चैत १८ गते आज शनिबार सम्म चल्ने छ। अन्तिम समयमा ग्राहकको बाक्लो चापको कारण प्रदर्शनीलाई एक दिन लम्बाईएको नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँलले जानकारी दिनुभएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि अधिकारीले एक महिनासम्म स्वदेशी उद्योगहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनीले चितवनको आर्थिक अवस्थामा चलायमान बनेको बताउनुभयो ।
उहाँले मेला सफलता पूर्वक सम्पन्न भएकोमा स्वदेशी उत्पादन गर्ने उद्योगीहरुलाई थप प्रोत्साहन पुगेको समेत बताउनुभयो । नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण कुमार फुयाँलले स्वागत मन्तव्य राख्नुभएको समापन कार्यक्रममा आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९ को संक्षिप्त जानकारी गराउनु भएको थियो ।
उहाँले प्रदर्शनीमा ११ वटा नेपाली उद्योगको १००० भन्दा बढी भेराइटीका १ लाख भन्दा बढि जोडीका जुत्ता÷चप्पलहरु बिक्री भएको र मेलामा करिव ६ करोडको कारोबार भएको बताउनुभयो । मेला अवधिभर प्रति स्टल औषतमा १० जना र सरसफाई तथा सुरक्षा सहित १२५ जनालाई १ महिनाको लागि प्रत्यक्ष रोजगार प्रदान गरिएको मेलामा करिव १ लाख ५० हजार जनाले अवलोकन गरेको उहाँको भनाई छ ।
उपाध्यायले मेलामा चितवन, मकवानपुर, नवलपरासी, धादिङ, तनहुँ, गोरखा, लमजुङबाट समेत हजारौँको संख्यामा अवलोकनकर्ताहरु अवलोकनका लागि आएका र अवलोकनकर्ताहरु मध्ये २०० जना भन्दा बढी व्यक्तिहरुले चितवन, मकवानपुर, नवलपुर, धादिङ र गोरखा, तनहुँ जिल्लाहरुमा प्रदर्शनीमा रहेका नेपाली जुत्ता÷चप्पलको डिलरसिप लिनका लागि समेत इच्छा व्यक्त गरेको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली जुत्ता घरको तर्फबाट प्रदर्शनी केन्द्र उपलब्ध गराई, प्रदर्शनी सञ्चालनको लागि जिल्लाका सरोकारवाला निकायहरुसँग समन्वयकारी भूमिका खेल्दै प्रदर्शनीलाई सभ्य र भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्न पु¥याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै चितवन उद्योग संघलाई कदर पत्र प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रमलाई विभिन्न तहबाट सहयोग गर्ने सहयोगी संस्थाहरु चितवन फ्लेक्स प्रिन्टलाई फ्लेक्स सेवा प्रदान गरी प्रबद्र्धकहरुको स्टल, विभिन्न स्थानहरुमा राखिएका प्रवेशद्वारहरु, सूचना सामाग्री तयार गर्न महत्वपूर्ण योगदान, गडी सेक्युरिटी सर्भिस टे«निङ्ग सेन्टर प्रा.लि.लाई सुरक्षा सेवा मार्फत प्रदर्शक र अवलोकनकर्ताहरुलाई सहजीकरण गरेकोमा प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा मानव अधिकार संरक्षण मञ्च चितवनकी अध्यक्ष कल्पना उप्रेती, जिल्ला अदालत वार एशोसिएसनका अध्यक्ष खगराज कँडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख धिरेन्द्र प्रसाद पोखरेल लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष गुणाकर खरेल, दूर सञ्चार कार्यालय, भरतपुरका कार्यालय प्रमुख नविन कुमार मिश्र, नापी शाखा कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत गिरिश कुमार लाल कर्ण, तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत यज्ञमूर्ति भण्डारी, नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसिएसनका उपाध्यक्ष सुरज बन्जाडे, नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसिएसनका सदस्य प्रमोद महत्तो, चितवन उद्योग संघका पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।






