चितवन, चैत्र १८
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कमलादेवी मन्दिर परिसरमा भएको नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ सम्पन्न भएको छ । यही चैत ८ गतेबाट शुरु भएको महायज्ञ गत विहिबार नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश सदस्य सुमन सापकोटाद्वारा समापन भएको हो ।
१०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्यले महायज्ञको आयोजना गरीएको थियो ।
महायज्ञमा नगद र चेक गरी ७० लाख र ३० लाख बोलकबल रकम गरी १ करोड उठेको महायज्ञका आर्थिक समिती संयोजक राजु पौडेलले जानकारी दिर्नुभएको छ । महायज्ञमा १ करोड आम्दानी हुने अनुमान गरिएको थियो । सोही अनुसार रकम उठेको उहाँले बताउनुभएको छ । त्यस्तै भक्तजनबाट भवना निर्माणका लागि सिमेन्ट, खान्धय, भगवानका मुर्ती लगाएतको सहयोग भएको उहाँको भनाई छ ।
महायज्ञमा हरेक दिन झाकीँसहितको भजनकृतन भएको थियो । महायज्ञ भव्य रुपमा सफल भएको नवाह महायज्ञका श्रीधर लामिछानेले बताउनुभयो ।
सो मन्दिर २०२१ साल देखि नै पुजनादी कर्मद्वारा सँरक्षण हुँदै आईरहेको छ भने कोभिडको विगविगीका बखत यहाँ निर्माण गरिएका भवनलाई कोभिड आईसोलेसन भवनको समेत प्रयोग गरिएको थियो ।कमलादेवी मन्दिरको भोगाधिकारभित्र चार बिगाह चार कठ्ठा जमिन छ ।
यो जमिन क्षेत्रमा गणेश मन्दिर, शिवालय, सत्सङ सभा हल, कमलादेवीको मन्दिर, आठ कोठे आरोग्य चिकित्शालय, होमालय, होमकुण्डाश्रम, इनार, धारा, चौतारा, काजक्रिया कटेरो, तारजालीयुक्त सीमा बारबन्धन, वनभोज गृह, कमलादेवीको बली मन्दिर, मौलो आदि संरचनाहरू निर्मित छन् ।





