२३ चैत्र २०७९, बिहीबार ०८:४४
वीरगंज, चैत्र २३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछाडि परेका वर्ग, समुदाय र जनजातिलाई शिक्षा, रोजगारको क्षेत्रमा प्राथमिकता नदिए मुलुकले समृद्धि हासिल गर्न नसक्ने कुरामा जोड दिनुभएको छ ।
अखिल नेपाल पिछडा वर्ग महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनको हिजो वीरगंजमा उद्घाटन गर्नु हुँदै अध्यक्ष ओलीले भौगोलिक विविधताले भरिपूर्णमुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकले भरिपूर्ण रहेको बताउनुभयो ।
उहाँले विविधता बीचको एकता नेपाली विशेषता भएको बताउँदै अबको लडाई गरिबी र विपन्नता विरुद्ध हुनु पर्ने कुरामा जोड दिनुभयो ।





