२४ चैत्र २०७९, शुक्रबार ०७:३६
काठमाडौं, चैत्र २४
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार दुई खेल हुँदैछ।
एन्फा कम्प्लेक्समा दिउँसो २ बजे एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो लिगको सातौँ चरणको खेल हो।
खुमलटार तेस्रो जितको योजनामा हुनेछ। खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औँ स्थानमा छ। जावलाखेल पाँचौँ जितको खोजीमा हुनेछ। जावलाखेल ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा छ।
यस्तै च्यासल मैदानमा दिउँसो २ बजे नै हुने खेलमा मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो लिगको छैटौँ चरणको अन्तिम खेल हो।
मनाङ चौथो जितको योजनामा हुनेछ। मनाङ ५ खेलमा ११ अंक जोडेर लिगको चौथो स्थानमा छ। फ्रेण्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेण्ड्स चार अंक जोडेर १२ औँ स्थानमा छ।





