काठमाडौँ, चैत्र २४
सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम हिजो सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लगायत १० दलको सहभागितामा नयाँ गठबन्धन बनेपछि निर्माण भएको नयाँ सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले कृषि, ऊर्जा, पर्यटन, उद्योग वाणिज्य क्षेत्रको प्रवर्द्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिएर जनतालाई राहतको अनुभूति दिने गरी कार्यक्रम ल्याएको बताउनुभयो ।
सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमको पुरा विवरण
Final-CMP-of-Coalition-Govt-2079





