२४ चैत्र २०७९, शुक्रबार ०८:२४
काठमाडौं, चैत्र २४
आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि शुक्रबारदेखि आचार संहिता लागू भएको छ ।
चितवन २, बारा २ र तनहुँ १ मा शुक्रबारबाट उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
आनयोगका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने छ ।
आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीनवटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।





