२५ चैत्र २०७९, शनिबार ०८:३४
काठमाडौं, चैत्र २५
पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते स्थगित भएको निर्वाचन शनिबार हुन लागेको हो ।
क्याम्पसमा करिब ७६ सय विद्यार्थी रहेक छन् । क्याम्पसमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने जनाइएको छ ।





