काठमाडौं, चैत्र २५
रामेछाप सास्कृतिक कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । हिजो काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिइएको थियो ।
कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो , स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरि सकेका छौं । बैशाख ९ गते हुने कार्यक्रममा संघिय र प्रदेश प्रतिनिधिहरुलाई सम्मान गर्ने छौं । साथै समाजसेवी र पत्रकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिर्नुभएको थियो ।





