२६ चैत्र २०७९, आईतवार २०:३७
काठमाडौं, चैत्र २६
मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।
वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै सोमबार पुनः वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनुभयो । उहाँले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताउनुभयो ।





