२ बैशाख २०८०, शनिबार ०७:०९
काठमाडौं, बैशाख २
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे दशरथ रंगाशालामा हुने खेलमा त्रिभुवन आर्मी र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ।





